मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २५ बुधबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्जिनियर्स एसोसिएसन निर्वाचन : कांग्रेसका दुई प्यानल,आधिकारिक कुन ?  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १४:१o:oo

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार निर्वाचन हुँदै छ । चुनावमा विभिन्न पार्टीनिकट एकल तथा गठबन्धन गरेर पाँच प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । 

सत्तारुढ दल कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूह (सिडेन) पनि चुनावी मैदानमा रहेको छ । लोकतान्त्रिक प्यानलबाट दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन्। 

लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामीको नेतृत्वमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दिनेश त्रिपाठी र दीपक अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन्। त्यसैगरी दिलीपकुमार झाको नेतृत्वमा अर्को समूह पनि आधिकारिकताको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको छ । यस समूहबाट उपाध्यक्षमा ऋषि कोइराला र महासचिवमा कृष्णसिंह बस्नेत रहेका छन् । उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः सुधीर गुरागाईं, रमिता श्रेष्ठ र सञ्जयकुमार महतो रहेका छन् । 

दुइ समूह प्रतिस्पर्धामा उत्रिएपछि  कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूहबाट आधिकारिक उम्मेदवार र प्यानल कुन हो भन्ने प्रश्न उठेको छ । कांग्रेसले भने  लोकतान्त्रिक  समूह (सिडेन) ले घोषणा गरेको प्यानललाई नै आधिकारिक मान्ने जनाएको छ। कांग्रेसका एक पदाधिकारीले हरि दर्लामी नेतृत्वको लोकतान्त्रिक समूह नै कांग्रेसको आधिकारिक प्यानल भएको दाबी गरे। ‘हामीले सिडेनले घोषणा गरेको प्यानललाई नै आधिकारिक मान्ने हो । डा. हरि दर्लामी नेतृत्वको प्यानल नै आधिकारिक हो,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने।

यसबाहेक माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीनिकटको एकीकृत प्रगतिशील इन्जिनियर समूहको नेतृत्व डा. हरिराम पराजुलीले गरेका छन्। इन्जिनियर डा. सुरज लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन चुनावी प्रतिस्पर्धामा छ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीनिकट इन्जिनियरहरूको प्यानलले बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएको हो । नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर्स सोसाइटी नेपालका तर्फबाट राजेन्द्रप्रसाद हाडा नेतृत्वको प्यानल चुनावी तयारीमा छ ।