१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘अल नेपाल भ्वाइस प्याक’ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार o७:५८:oo

एनसेलका ग्राहकले नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने योजना ल्याएको छ । कम्पनीले यसका लागि ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो ।  अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्ने जनाइएको छ ।

अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । ग्राहकले १४ रुपैयाँदेखि तीन सय ८५ रुपैयाँसम्मको एकदेखि २८ दिन समयसीमा भएका प्याक ल्याएको जनाएको छ । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अन्य नेटवर्कमा कल गर्दा पनि बढी शुल्क नलाग्ने भ्वाइस कल सुविधा रहेको जनाइएको छ ।  

एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम रहेको भ्वाइस प्याक १४ रुपैयाँ र तीन दिन समयसीमा रहेको ६५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक ४५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ९४ रुपैयाँमा सात दिन समयसीमा रहेको एक सय ५० मिनेट टक टाइम खरिद गर्न सक्ने जनाइएको छ । धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको दुई सय २५ मिनेट टक टाइमको भ्वाइस प्याक उपलब्ध रहेको जनाइएको छ । 

त्यस्तै, २८ दिन समयसीमा रहेको चार सय ७५ मिनेट टक टाइम भएको प्याक दुई सय ६५ रुपैयाँ र सात सय ५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक तीन सय ८५ रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जतिपटक पनि सुचारु गर्न सक्ने जनाइएको छ । 

ad
ad
ad
ad