११२औँ अन्तर्राष्ट्रिय नारी दिवस हुम्लामा देउडा खेलेर मनाइएको छ। छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयमा देउडा खेल खेलेर हुम्लामा नारी दिवस मनाइएको हो। जिल्ला समन्वय समितिको प्रांगणमा भएको उक्त कार्यक्रममा महिला–पुरुष सबैको सहभागिता रहेको थियो।
‘सामाजिक न्याय र लैंगिक सामानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित यो वर्षको नारी दिवस मनाइँदै छ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।