सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज बनाएको छ ।
यस्तै, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल इन्चार्ज बनेका छन् ।
स्थानीय तहको निर्णय प्रदेश कमिटीले गर्ने बैठकपछि अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले जानकारी दिए ।
शर्माले एमसिसीको विषय आगामी जेठ २० सम्म थाती राखेको, प्रदेश इन्चार्ज तोकेको र स्थानीय निर्वाचनको पार्टी नीति तय भएको जानकारी दिए ।
पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन जेठमा बस्ने बैठकले गर्ने उनले जानकारी दिए ।