१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २३ सोमबार १५:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिलाले सञ्चालन गर्ने उद्योगमा कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २३ सोमबार १५:०९:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरूले सञ्चालन गर्ने सबै उद्योगहरूमा कर छुटको व्यवस्था हुनुपर्ने बताएकी छिन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरूलाई उद्यमशील बनाउन उनीहरूले सञ्चालन गर्ने सबै उद्योगमा आवश्यक कच्चापदार्थ र मेसिनहरूमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताएकी हुन् ।  

मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् । स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दोरहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको बताउँदै तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको बताइन् ।  

मन्त्री रेग्मीले भनिन्, ‘महिलाहरूले सुरु गरेका उद्योगहरूमा छुटको व्यवस्था गर्नुपर्छ । अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दोरहेछ । त्यसकारणले म आउनेबित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र लेखेर राजस्वमा पठाइसकेका छौँ,’ उनले भनिन्, ‘त्यसका लागि आवश्यक कच्चापदार्थ र मेसिनजस्ता वस्तुहरूमा कर लाग्नुहुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौँ । र, अरू कुराहरूमा पनि महिलालाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाले गर्ने जुन उद्यमशीलता र उद्योगमा छुटको व्यवस्था गर्नुपर्छ ।’ 

मन्त्री रेग्मीले महिलालाई कुनै पनि अवसरबाट वञ्चित नगर्न आग्रह गरिन् ।  बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलालाई अवसरबाट वञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको भनाइ थियो ।