Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक यातायातको भाडा आफैँ बढाउने व्यवसायीको चेतावनी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १८:४२:००

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैँ बढाउने चेतावनी दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिएका हुन् ।

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबााब दिँदै आएका छन् । आइतबार पत्रकारसँग कुरा गर्दै सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरे ।

उनले महासंघको बैठक बसेर २५ फागुनसम्म  सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए । यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्यवृद्धि नगर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको सिटौलाको भनाइ छ । उनले २५ फागुनभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने पनि बताए ।