मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका इस्लामावाद
२o७८ फाल्गुण २० शुक्रबार १६:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा मस्जिदनजिकै विस्फोट हुँदा ३० जनाको मृत्यु, ५६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १६:३५:oo

पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले अन्य ५६ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने चिकित्सकहरूले अनुमान गरेका छन्।

देशको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेसावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ। विस्फोटको सूचना पाउनेबित्तिकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले घटनामा पीडित भएकाहरूलाई तत्कालै उद्धार गरेर स्थानीय अस्पताल लगेका थिए। रासस/सिन्ह्वा