माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।
एमसिसी सम्झौता संसदबाट अनुमोदनपछि माओवादी केन्द्रमा विवाद देखिएका वेला केन्द्रीय समितिको बैठक सुरु भएकाे हो। व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्ले पारित गरेपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरू असन्तुष्ट छन्। आजकाे बैठकमा संगठन र आगामी कार्यभारलगायत विवादित विषयहरूमा समेत छलफल हुने सम्भावना छ।