मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १८ बुधबार १८:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १८:३७:oo

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रतियोगिता बुधबार उद्घाटन गरेका हुन्। पाकिस्तानी राजदूतावासद्वारा आयोजित यो सातौँ संस्करण प्रतियोगिता हो। 

पाकिस्तानी राजदूतावासका अनुसार प्रतियोगिता नौ दिनसम्म चल्नेछ। प्रतियोगितामा १२ वटा क्रिकेट टोली सहभागी छ। यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्ने प्रयासका लागि महानगरपालिकाका मेयर शाक्यले प्रशंसा गरे। उनले नेपाल र पाकिस्तानका युवालाई एकजुट बनाउन क्रिकेट र अन्य खेलकुद प्रतियाेगिताले सहयोग गर्ने बताए। 

पाकिस्तानी  राजदूत सैयद हैदर शाहले कोभिडको समयमा खेलकुदजन्य गतिविधिको महत्व बढेको बताए। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आइसिसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने पनि राजदूतको विश्वास थियो। उनले नेपालको क्रिकेट सपना साकार पार्नका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको पनि उल्लेख गरे। प्रतियोगिता १० मार्च २०२२ मा समापन हुने पाकिस्तानी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।