१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १८ बुधबार o८:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबारमा ठूला कम्पनीको दबदबा घट्दो, ‘कन्सन्ट्रेसन रेसियो’ साँघुरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार o८:oo:oo

कुनै समय सेयर बजारका १० ठूला कम्पनीको दबदबा यति हुन्थ्यो कि वार्षिक कारोबारमा यिनीहरूको हिस्सा ५० प्रतिशतसम्म रहने गथ्र्याे । तर, अहिले बजारमा नयाँ–नयाँ क्षेत्रका कम्पनीहरू थपिँदै जाँदा लगानीकर्ताले सेयर विविधीकरणको विकल्प पाउनुका साथै पहिलेजसरी १० कम्पनीमा पकड कायम राखिएकै आधारमा बजार तल–माथि गराउन सक्ने ठूला लगानीकर्ताको सामथ्र्यमा पनि कमी आइरहेको छ । ‘बजार पुँजीकरणका आधारमा नभई कारोबार मूल्यका आधारमा हेरिने यो अनुपात जति कम भयो, बजार त्यति नै प्रतिस्पर्धी रूपमा चलिरहेको संकेत गर्छ,’ नेपाल स्टक एक्सचेन्जका कामु प्रबन्धक निरञ्जन फुँयालले भने ।

आव ०६४/६५ मा बजारमा कारोबार हुने प्रमुख १० कम्पनीको वार्षिक कारोबार हिस्सा ५० दशमलव ५० प्रतिशत थियो । त्यस समय चिलिमे जलविद्युत् र नेसनल हाइड्रोपावरबाहेक बाँकी आठ सबै वाणिज्य बैंक रहेका थिए । एक अर्ब ९६ करोड रुपैयाँको कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा थियो । अहिले भने यस्ता वार्षिक करोबारका आधारमा मुख्य १० मा रहेका कम्पनीको हिस्सा २२ दशमलव ८३ प्रतिशत मात्रै छ ।

हाल ६५ अर्बको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । हाल चार वाणिज्य बैंक मात्र प्रमुख १० भित्रको सूचीमा छन् । एनआइसी एसिया, नबिल, प्रभु र नेपाल बैंक यसमा छन् । अन्य कम्पनीमा बिमाबाट एक मात्र नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन डिस्टिलरी, नेपाल पूर्वाधार बैंक, नेपाल दूरसञ्चार कम्पनी, अपर तामाकोसी रहेका छन् । 

बजारमा सक्रिय रूपमा कारोबार हुने कम्पनीहरूको संख्यासमेत बढ्दै गएको छ । यही कारण हाल कुल सूचीकृत सेयर पाँच अर्ब ८३ करोड कित्ता रहेकोमा वार्षिक रूपमा करिब ५० प्रतिशत (४९ दशमलव ६३ प्रतिशत) बराबर सेयरको कारोबार हुने गरेको छ । ४० खर्ब १० अर्बको कुल बजार पुँजीकरण रहेको बजारमा हाल सो रकमको ३६ प्रतिशत (१४ खर्ब ५४ अर्ब रुपैयाँ)सम्म वार्षिक करोबार भइरहेको छ । सात वर्षअघिसम्म मात्रै कुल बजार पुँजीकरण (नौ खर्ब ८९ अर्ब) ६ प्रतिशत रकम (६५ अर्ब ३३ करोड रुपैयाँ) वार्षिक कारोबार हुन्थ्यो । 

डिम्याट खाता खोल्नेको संख्या आधा करोड नाघ्यो
डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । नेपाल क्लियरिङ लिमिटेड (सिडिएससी)का अनुसार फागुनको दोस्रो हप्तासम्म आइपुग्दा डिम्याट खाता खोल्नेको संख्या ५० लाख सात हजार दुई सय ४२ पुगेको छ । हाल आइपिओ भर्नकै लागि भनी मेरो सेयरको खाता खोल्नेको संख्या पछिल्लो फागुनको दोस्रो साता आइपुग्दा ४१ लाख १९ हजार पुगेको छ ।

०७७ सालको असारसम्म आइपुग्दा नेपालभर मेरो सेयरको खाता हुनेको संख्या सात लाख मात्र रहेको थियो । मेरो सेयर खाता बढ्नु भनेको प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण अझ बढी हुनु रहेको लगानीकर्ता नयन बास्तोला बताउँछन् ।यसअघि ०७७ चैतसम्ममा काठमाडौं उपत्यकामा डिम्याट खाता खोल्नेको संख्या अन्य जिल्लाको तुलनामा बढी थियो । यसअघि काठमाडौं उपत्यकामा मात्र पाँच लाखभन्दा बढीको डिम्याट खाता रहेकोमा हाल १५ लाखभन्दा बढी पुगेको सिडिएससीले जनाएको छ ।