मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १६ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीले विकास र निर्माणमा नयाँ अध्याय सुरु हुनेछ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १६:oo:oo

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी परियोजनाले नेपालमा विकास र निर्माणको नयाँ अध्याय सुरु हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै महतले अब आयोजनाको सफलतामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

पार्टीको तर्फबाट सरकार, गठबन्धन र प्रतिपक्षलाई धन्यवाद दिँदै उनले भने, ‘कांग्रेसको नेतृत्व र निर्णयलाई नेपाली जनताले प्रशंसा गरिरहेका छन्। भ्रमको समाप्ति भएको छ। अब हाम्रो ध्यान आयोजनाको सफलतामा केन्द्रित हुनुपर्छ। विकास र निर्माणमा नयाँ अध्याय सुरु हुनेछ।’

अन्य मुद्दाका कारण एमाले यस प्रक्रियामा सहभागी हुन नसके पनि यसमा एमालेको पनि सहयोग रहेको उनले उल्लेख गरे। सम्झौताबारे व्याख्यात्मक टिप्पणी अमेरिकाको प्रस्तावमा नआएको भन्दै उनले संसदमा पास भएअनुसारको बुझाइ अमेरिकाको पनि भइसकेको दाबी गरे।

‘नेपालको संसद्ले गलत गर्‍याे कि भन्ने भ्रम चिर्न नेपाली कांग्रेस जनतामा जानेछ। अरू दल पनि जानेछन्। कतै सुनियोजित लागेमा हामी सोच्नेछौँ, बुझाइमा कमजोरी भएमा भ्रम चिर्नेछौँ। संसदमा पास भएअनुसारको बुझाइ अमेरिकाको पनि भइसकेको छ। बुझाइमा समानता भयो। यसैले अब समस्या छैन,’ उनले भने, ‘हामीलाई यस्तो हो है भन्ने लागेर व्याख्यात्मक प्रस्ताव गरेका हौँ । अमेरिकाको प्रस्तावमा भएको होइन।’

एमसिसीका सबै प्रावधान स्पष्ट रहेका भन्दै प्रवक्ता महतले अमेरिका सियो बनेर पसी फाली बनेर निस्कन्छ भन्ने अफवाह र आशंका नगर्न पनि आग्रह गरेका छन्।