माओवादी केन्द्रका सांसद राम कार्कीले एमसिसीमाथिको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । एमसिसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका हुन् ।
उनले कस्तो विदेशी सहयोग लिने, कस्तो नलिने भन्नेबारे घोषणापत्र तयार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, 'इतिहासले यसलाई याद गर्नेछ। अमेरिकाले नेपालसँगको सम्बन्धलाई चाहेको छ भने यसलाई मान्यता दिँदै चिठी पठाउनुपर्छ। हामीलाई भविष्यमा धेरै प्रस्ताव आउनेछन् । हामीले सहायताको क्षेत्र निर्धारण गर्नुपर्छ। हामी हाम्रा मित्रहरूलाई यस्तो सहयोग आवश्यक छ भन्न दीर्घकालीन विकास रणनीति तय गर्नुपर्छ ।’