Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १५ आइतबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकाको उद्देश्य सकारात्मक छ, एमसिसीकाे पक्षमा छाैँ : लोसपा अध्यक्ष ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १५ आइतबार १६:०६:००

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अमेरिकी परियोजना एमसिसीको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले अमेरिकाको उद्देश्य सकारात्मक भएकाले लोसपाले एमसिसीलाई समर्थन गरिरहेको बताएका हुन् । 

गरिबी निवारण र विद्युत् प्रसारण लाइन र सडक मर्मत सम्भारमा एमसिसी अनुदानको रकम खर्च गरिने बताउँदै ठाकुरले भने, ‘अमेरिकाको जुन उद्देश्य छ, एमसिसीमार्फत अमेरिकाले जुन लक्ष्य लिन खोजेको छ, त्यो सकारात्मक छ । त्यसैकारण हाम्रो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी यसको पक्षमा छ, समर्थन गरिरहेको छ ।’ 

एमसिसी जबर्जस्ती रूपमा नभई नेपालको माग र आवश्यकताअनुसार आएको उनको तर्क छ ।