माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ। आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड गठबन्धनको बैठकका लागि बालुवाटार पुगेका छन्। गठबन्धन बैठकले आज एमसिसीबारे निर्णय लिँदै छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौतामाथि छलफलको कार्यसूची छ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहमति जुटाएर संसदबाट एमसिसी पारित गर्ने तयारीमा छन्। संसदमा छलफल सकिए आजै वा नभए सोमबारसम्म एसिसी संसदबाट अनुमोदन गराउने सरकारको तयारी छ।