मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Monday, 16 December, 2024
२o७८ फाल्गुण १४ शनिबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्तित्व जोगाउन प्रचण्ड टाउकोको मूल्य तोक्ने देउवाको पिछलग्गु बने : किरण पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार १६:४८:oo

नेकपा (एमाले)काे युवा संगठन युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अस्तित्व जोगाउन आफ्नै टाउकोको मूल्य तोक्ने देउवाको पिछलग्गु बनेको आरोप लगाएका छन्। उनले अस्तित्व जोगाउन प्रचण्डले टाउकोको मूल्य तोक्ने सबैभन्दा ठूलो वर्ग शत्रुको टाङमुनि बसेर हिँड्नुपरेको बताए।

शनिबार युवा संघ गुल्मीको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू कतै न कतै अस्तित्वमा नभए जनताले १७ हजारको रगतको मूल्य खोज्ने भएकाले प्रचण्ड कहिले एमाले र कहिले कांग्रेस गरिरहेका टिप्पणी गरे।

नेपाली कांग्रेसले १५ वर्ष सरकारको नेतृत्व गर्दा पनि जनतालाई देखाउने कुनै काम नभएकाले २१ सिटमा सीमित हुनुपरेको भन्दै उनले कांग्रेस नेतृत्वमा आउनेबित्तिकै विदेशी शक्तिको चलखेल बढ्दै गएको आरोपसमेत लगाए। पौडेलले चुनाव र आन्दोलनमा मात्र युवाको महसुस हुने स्थितिको अन्त्य गर्न गाउँदेखि केन्द्रसम्म पार्टी र भ्रातृ संगठनमा युवा नेतृत्व आइरहेको बताए ।