मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Tuesday, 07 January, 2025
२o७८ फाल्गुण १३ शुक्रबार o६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ वर्षमा यति बन्यो पुल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार o६:१८:oo

मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको मल्म–काँडेबास जोड्ने दरमखोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागेको साढे पाँच वर्ष नाघ्यो । तर, प्रगति भने खोलाको बीचमा देखिएको जीर्ण पिलर र दुई किनारामा अलपत्र फाउन्डेसन मात्रै हो ।

पाँच करोड ४२ लाख लागतमा दुई वर्षभित्र सक्ने गरी ६ असोज ०७३ मा वाइपी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । अहिले पुलको काम भएको छैन, ठेकेदारको अत्तोपत्तो छैन । बर्खामा खोलो बढ्दा गल्कोट नगरपालिका– ८ काँडेबासका स्थानीय घन्टौँ घुमेर यात्रा गर्न बाध्य हुन्छन् ।

‘हामी सडक डिभिजनदेखि प्रदेश र केन्द्र सरकारसम्म धायौँ, तर सुनुवाइ भएन,’ गल्कोट– ८ का वडाध्यक्ष रामप्रसाद कँडेलले भने । म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माणमा चासो नदिएकाले ठेक्का रद्दको प्रक्रियामा जान लागेको सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्लले बताए । यो पुल बने गल्कोटसँगै बरेङ गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पनि मध्यपहाडी लोकमार्गसँग जोड्थ्यो ।