१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Friday, 28 June, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
किरण दहाल काठमाडौं
दिपेश शाही काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बानेश्वर क्षेत्रमा दिनभर प्रदर्शन

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
दिपेश शाही, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार o७:o८:oo

सरकारले अमेरिकी परियोजना एमसिसी संसद्मा टेबुल गरेको विरोधमा आइतबार संसद् भवनबाहिर दिनभर प्रदर्शन भयो । केही दिनदेखि विरोध गर्दै आएका विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसिसी टेबुल गर्ने तयारी भएपछि आइतबार पनि बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा जम्मा भएर नाराबाजी गरेका थिए । एमसिसी राष्ट्रहितमा नभएको भन्दै सत्तारुढ दलकै नेता, कार्यकर्ता विरोधमा उत्रिए । सत्तागठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भ्रातृ संगठन प्रदर्शनमा थिए । 

प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको थियो । प्रहरीले अश्रुग्यास र रबरका गोली चलाएको थियो । एक सय १९ सेल अश्रुग्यास, ३४ राउन्ड रबरका गोली र पानीको फोहोरा प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायत दर्जनौँ नेता–कार्यकर्ता घाइते भए । ५० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । झडपमा ३० प्रहरी घाइते भएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले दुई पक्षबीचको झडपले नयाँ बानेश्वर क्षेत्र करिब चार घन्टा तनावपूर्ण बनेको बताए । उनले भने, ‘प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोक्न खोज्यो । यस क्रममा प्रहरीतर्फ ढुंगामुढा प्रहार भए । सडकका ब्लक तोडफोड हुन थाल्यो । प्रहरीले रोक्न खोज्दा चार घन्टासम्म वातावरण तनावपूर्ण बन्यो ।’ 

सत्तारुढ दलकै कार्यकर्ता सडकमा उत्रिने सूचना पाएपछि प्रहरीले संसद् भवनको पश्चिमतर्फ एभरेस्ट होटेलअगाडिबाटै प्रदर्शनकारीलाई रोकेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर संसद् भवनतर्फ अघि बढेको थियो । सम्भावित दुर्घटना रोक्न प्रहरीले संसद् भवनआसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । ढुंगा प्रहारका कारण प्रहरीको गाडी फुटेको काठमाडौं परिसर प्रवक्ता एसपी दिनेश मैनालीले बताए । 

ad
ad
ad
ad