१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ८ आइतबार १३:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ८ आइतबार १३:४४:००

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन्। आइतबार हमालले  बोर्डको कार्यालय खुमलटार पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताए। उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। अध्यक्ष हमालले सेयर बजारलाई स्वच्छ र पारदर्शी रूपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताए।

सेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो। यो सेयर बजारलाई कसरी स्वस्छ रूपमा वृद्धि गर्ने, सेयर कारोबारमा स्वच्छ कारोबार होस्, ट्रान्सपरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूमिका होस्। नियमन निकाय नियमन निकायजस्तो होस्। कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्तालाई मर्का नपरोस्। साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रूपमा विकास हुन सक्दैन। मेरो मुख्य उद्देश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरूको लगानी जोखिममा नपर्ने गरी काम गर्नु हो,’ उनले भने।

हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तपछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।