१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ६ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ : प्रवक्ता कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार १२:o२:oo

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनाको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सकारात्मक छलफल भएको बताएका छन्। 
शुक्रबार सञ्चारकमीसँग प्रतिक्रिया दिँर्दै प्रवक्ता कार्कीले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटबारे यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हामी यसलाई निर्णयमा पुर्‍याउँछौँ। प्रधानमन्त्रीको दायित्व हो संसद्लाई सुचारु गर्नु। त्यत्तिकै दायित्व र भूमिका प्रमुख प्रतिपक्षी दलको रहन्छ,’उनले भने,‘एमसिसीका बारेमा गम्भीर र जीवन्त रूपमा छलफल होस् भनेर भेट्न जानुभएको हो। एमसिसीबारे विचार विमर्श भयो। सकारात्मक जवाफ आएको छ।’