कर्णाली प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री विष्टलाई कर्णाली प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेका हुन् ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदबाट भएका निर्णय एवं कामकारबाही सम्बन्धमा विभिन्न सञ्चारमाध्यमा सञ्चार गर्नका लागि प्रवक्ता तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।