१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय खड्का र रेग्मीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२७:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय मीरा खड्का र कुमार रेग्मीको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की र रेग्मीको संयुक्त इजलास तोकेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।

ad
ad