भोलि शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यवृद्धि भएको छ। माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको प्रतिलिटर मूल्य नौ रुपैयाँले वृद्धि गरेको हो।
यसअघि न्यूनतम प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य अब ८५ रुपैयाँ पुगेको छ। वृद्धि भएको मूल्यमध्ये ६ रुपैयाँ ५२ पैसा किसानले पाउनेछन् भने बाँकी उद्योगीले पाउने डिडिसीका महाप्रबन्धक राजेन्द्र अधिकारीले बताए।