Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ २७ बिहीबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा दुई हेल्थ असिस्टेन्ट पक्राउ

Read Time : < 1 मिनेट
२०७८ माघ २७ बिहीबार १२:०२:००

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले दुई हेल्थ असिस्टेन्टलाई नियन्त्रणमा लिएको छ। भरतपुर चौबिसकोठीमा रहेको देव हस्पिटल प्रा.लि.मा कार्यरत हेल्थ असिस्टेन्ट भरतपुर– १३ का सन्दीप सापकोटा र रत्ननगर– ६ का प्रकाश न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हस्पिटलमा उपचारार्थ बिरामीको पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरी नक्कली पिसिआर रिपोर्ट तयार गरेर दिएको भन्ने सूचनाका आधारण उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाएको छ।