मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Monday, 16 December, 2024
एमसिसीको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले बुधबार राजधानीमा गरेको प्रदर्शन । तस्बिर: संजित परियार/नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमसिसीको विरोधमा आठ राजनीतिक दलको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार o८:२२:oo

 एमसिसीको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । प्रदर्शनका सहभागीले एमसिसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

 कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरूले कोणसभामा सम्बोधन गरेका थिए । सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद्बाट अनुमोदन नगर्न खबरदारीसमेत गरेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसिसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका थिए । अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसिसी परियोजना नेपाललाई भिडाइरहेको उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेका हुन् । एमसिसी नेपालको हितविपरीत रहेको भन्दै यसलाई फिर्ता पठाइनुपर्ने उनीहरूको माग छ । एमसिसी चाँडो अनुमोदन गराउन अमेरिकाले लगातार दबाब दिइरहेका वेला यसको विपक्षीमा पनि आन्दोलन हुँदै आएका छन् ।

एमसिसीविरुद्ध काभ्रेमा विरोध प्रदर्शन भएको छ धुलिखेलमा बुधबार नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चालगायत आठ दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।