मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ २६ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा न्यायाधीश ढुंगानाको बेन्चमा

Read Time : < 1 मिनेट
२०७८ माघ २६ बुधबार ११:४८:००

सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगाना इजलासमा तोकेको  छ। अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश रेग्मीको एकल इजलास तोकिएको हो। रिटमा सरकारको निर्णयका कारण संविधानप्रदत्त मौलिक हकमा गैरकानुनी आघात पुगेको र मानव अधिकार उल्लंघन भएको जिकिर गरिएको छ।

रिटमा सबै नागरिकमा खोपको पहुँच नपुगेको अवस्थामा खोपकार्ड अनिवार्य गर्दा खोप लगाउन नपाएका नागरिकले नागरिकताजस्ता आवश्यक कागजातसमेत बनाउन नसकेको विषय उल्लेख गरिएको छ। रिटमा सरकारको निर्णय गैरकानुनी भएकाले बदर गर्न र सहज खोप उपलब्ध गराउन परमादेशलगायतका आदेश जारी गर्न माग गरिएको छ।

सरकारले खोप नलगाएकाहरूलाई सार्वजनिक सेवा प्रदान नगर्ने र सरकारी कार्यालयमा प्रवेश नदिने निर्णय गरेको थियो। गत मंगलबार दायर भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर टेकुलगायतलाई विपक्षी बनाइएको छ।रिटमा लगातार तेस्रो पटक पेशी तोकिएपनि सृुनुवाई भने हुन सकेको छैन।