बाजुरामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ झलारी घर भई हाल बाजुराको कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक २६ वर्षीया भीम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आरोपित शिक्षक ठगुन्ना केही दिनदेखि फरार रहेका थिए ।