१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २६ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपचारपछि स्ट्राइकर सावित्रा नेपाल फर्किइन्

गत ३१ असारमा कतारको दोहास्थित एस्पेटार अस्पतालमा सावित्राको घुँडाको शल्यक्रिया भएको थियो, उपचारको क्रममा दोहामा रहँदा उनले बंगलादेशविरुद्धको मैत्रीपूर्ण र एसियन कप छनोट खेल गुमाइन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार o६:४७:oo

कतारमा सात महिना लामो उपचारपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार राति नेपाल आइपुगेकी छिन् । घुँडाको उपचार गर्न गत १२ असारमा सावित्रा कतार गएकी थिइन् । उचारपछि सावित्रा मंगलबार राति स्वदेश फर्किएकी हुन् । कतारमा घुँडाको शल्यक्रिया, फिजियोथेरापी र ग्राउन्ड रिह्याबपछि गत आइतबार उनको अन्तिम परीक्षण भएको थियो । 

जसमा सावित्राको घुँडामा कुनै समस्या नदेखेको अस्पतालले जनाएको थियो । त्यसपछि अस्पतालले उनलाई नेपाल फर्कन अनुमति दियो । ३१ असारमा कतारको दोहास्थित एस्पेटार अस्पतालमा उनको घुँडाको शल्यक्रिया भएको थियो । नेपाल फर्किएपछि मैदानमा अब छिट्टै फर्किने सावित्राले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई बताइन् । ‘अहिले सबै राम्रो छ, छिटै म मैदानमा फर्किनेछु,’ सावित्राले भनिन् । घुँडाको उपचार गराइरहँदा उनले गत असोजमा बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाइन् । यसैगरी उनले एसियन कप छनोटअन्तर्गत फिलिपिन्स र हङकङसँगको खेलसमेत गुमाएकी थिइन् । 

एसियन कप छनोट खेलेको नेपालले स्थान बनाउन सकेन । नेपाल चौथोपटक एसियन कप छनोट समूह चरणबाट बाहिरिएको हो । नेपालले सन् १९८६, १९८९ र १९९९ मा तीनपटक एसियन कप छनोट खेलेको थियो । तीनवटै छनोट खेलमा नेपालले छनोट चरण नै पार गर्न सकेन । सावित्रा नेपाल एपिएफ क्लबमा आबद्ध छिन् । गत वर्ष माघमा सम्पन्न राष्ट्रिय महिला लिगअन्तर्गत एपिएफबाट नेपाल पुलिसबिरुद्ध खेल्दा उनको घुँडामा गम्भीर चोट लागेको थियो । उनी उपचारको क्रममा मैदानबाहिर नै रहिन् । 

नेपालमा भएको उपचारमा उनको एन्टेरियर क्रुसिएट लिगामेन्टमा समस्या देखिएको थियो । नेपालमा उपचार सम्भव नभएपछि सावित्रालाई अखिल नेपाल फुटबल संघले कतार पठाएको थियो । घरेलु फुटबलमा सावित्रा एक नम्बरकै स्ट्राइकर हुन् । सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले अहिलेसम्म ३८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् । 

उनलाई दक्षिण एसियाली क्षेत्रकै उत्कृष्ट महिला स्ट्राइकरकै रूपमा लिने गरिएको छ । भारतको प्रतिष्ठित महिला आई लिगमा समेत उनले सन् २०१८ देखि व्यावसायिक फुटबल खेल्दै आइरहेकी छिन् । उनले भारतीय महिला लिगमा सन् २०१८–१९ का सिजनमा सेथु एफसीबाट खेल्दै डेब्यु गरेकी थिइन् । सोही सिजन सेथु लिग च्याम्पियन बनेको थियो । 

२०१९–२० को सिजन सावित्राले गोकुलम केरला एफसीबाट खेलिन् । संयोगवश यो क्लबले महिला लिग च्याम्पियनसिपको उपाधि उचाल्यो । २०१९–२० को सिजनमा सावित्रा सर्वाधिक गोलकर्तासमेत बनेकी थिइन् ।