१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २१ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘संसदमा समिति प्रणाली : राष्ट्रिय सभा विशेष’ पुस्तक प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १७:२७:oo

राष्ट्रिय सभा र त्यसअन्तर्गतका समितिहरूको पछिल्लो करिब चारवर्षे कार्यकालको समीक्षा गर्दै ‘संसदमा समिति प्रणालीः राष्ट्रिय सभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ। पुस्तकमा संसद् र त्यसकाे प्रभावकारिताका लागि अमेरिकी कांग्रेस, भारतको माथिल्लो सदन र अस्ट्रेलियाका संसद् र संसदीय प्रणालीहरूको अनुभवसमेत समेटिएको छ।

शुक्रबार सिंहदरबारमा आयोजित सो पुस्तकको छलफल कार्यक्रममा बोल्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रिय सभा र यसका समितिहरूका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे। उनले पुस्तकमा राष्ट्रिय सभा र त्यसका समितिहरूमा विधेयकका बारेमा हुने छलफल, समितिका सभापतिहरूको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवहरूलाई समेत समेटिएको बताए।

राष्ट्रिय सभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रिय सभा र त्यसका समितिहरूका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको संघीय संसद् सचिवालयले जनाएको छ।

ad
ad
ad
ad