१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ २१ शुक्रबार ०७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चितवन मेडिकल कलेजविरुद्ध १० बिरामीको सप्रमाण उजुरी प्रशासनले मन्त्रालयमा पठायो

Read Time : < 1 मिनेट
२०७८ माघ २१ शुक्रबार ०७:१७:००

नयाँ पत्रिका फलोअप : महामारीमा अस्पतालको लुट

सम्झौताविपरीत कोरोना संक्रमितसँग शुल्क लिएर पुनः सरकारसँग पनि शोधभर्ना मागेको चितवन मेडिकल कलेजविरुद्ध १० बिरामीको सप्रमाण उजुरी जिल्ला प्रशासनले स्वास्थ्य मन्त्रालयमा पठाएको छ । अस्पतालले निःशुल्क उपचार गरेको भनेर आफ्नो नाममा सरकारसँग शोधभर्ना दाबी गरेको थाहा पाएपछि उनीहरूले बिरामी पर्दा शुल्क तिरेको बिललगायत प्रमाणसहित सशरीर उपस्थित भएर प्रशासनमा उजुरी दिएका थिए । उजुरीहरू संकलनपछि मन्त्रालय पठाएको चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । 

‘मेरो जिम्मेवारीअनुसार सूचना संकलन गरेर जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र चितवनको निर्णयअनुसार पठाएको छु । संक्रमितको निःशुल्क उपचार गर्ने विषयमा मन्त्रालय र कलेजबीच सम्झौता भएकाले बाँकी अनुसन्धान मन्त्रालयले नै गर्छ,’ उनले भने । तामाङले कार्यालयमा थप निवेदनहरू आए ती पनि मन्त्रालयमा पठाइने बताए । 

चितवन मेडिकल कलेजले ०७८ को वैशाख, जेठ र असारमा नौ सय ६६ संक्रमितको निःशुल्क उपचार गराएको भन्दै शोधभर्नाबापत सरकारसँग १० करोड ९५ लाख आठ हजार रुपैयाँ मागेको छ ।

निःशुल्क उपचारको नाममा संक्रमितसँग शुल्क लिएर सरकारसँग पनि शोधभर्ना मागेको उजुरीपछि स्वास्थ्य मन्त्रालयले चितवन मेडिकल कलेजसहित देशका १३ निजी अस्पतालमाथि छानबिन गरिरहेको छ । सम्बन्धित जिल्ला प्रशासनसँग विवरणहरू माग गरिएको छ । छानबिनपछि मात्रै रकम निकासा गर्ने मन्त्रालयले जनाएको छ ।