१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १७ सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १६:१४:oo

नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत नेविसंघमा आबद्ध विद्यार्थीले संगठनको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्। 

नेविसंघलाई गतिशील बनाई क्याम्पसको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आबद्ध विद्यार्थी विनोदराज जोशीले बताए। त्यसक्रममा विद्यार्थीले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्रसमेत बुझाएका छन्।

सो पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रूपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै छलफल गराउने प्रतिबद्धता जनाएका छन्।

पार्टीको विधान र संघीयताको भावनाअनुसार कांग्रेस भ्रातृ संस्थाहरूको विधान मस्यौदा भए पनि पार्टीले स्वीकृति नदिएका कारण भ्रातृ संस्थाहरू पुरानै विधानमा चलिरहेका छन्। जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्ने नेविसंघमा आबद्ध विद्यार्थीको माग छ।