१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलन : प्रधानन्यायाधीशलाई महाभियोगका आधारबारे भर्चुअल अन्तर्क्रिया जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o३:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी आन्दोलनका स्वरूपलाई  भर्चुअल रूपमा निरन्तरता दिइरहेको छ। कोरोना संक्रमणका कारण कात्तिक १४ बाट भौतिक रूपमा सुरु भएको तीन महिना लामो आन्दोलनको स्वरूपलाई बारले माघ ६ बाट भर्चुअल स्वरूपमा ढालेको हो। 

बारले पछिल्लो समय प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने आधारलगायतका विषयमा भर्चुअल अन्तर्क्रिया जारी राखेको छ। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार पछिल्लो समय भौतिक रूपमा आन्दोलन गर्दै आएको  बारले  साढे १० बजेदेखि दैनिक एक घन्टा जुममार्फत वरिष्ठ कानुन  व्यवसायीसँग छलफल जारी राखेको छ। ‘हामीले भौतिक रूपमा आन्दोलन गरिरहेको समयमा वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौँ,’ अध्यक्ष श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयबारे हामी छलफलमा नै छौँ।’

अध्यक्ष श्रेष्ठले माघ १८ पछि आन्दोलनको स्वरूपबारे कोरोनाको जोखिमलाई मूल्यांकन गरेर निर्णय लिइने बताए।  ‘अबको आन्दोलनलाई सम्भव भए भौतिक रूपमा, नभए भर्चुअल रूपमा निरन्तरता दिन्छौँ। कोरोनाको जोखिमलाई मूल्यांकन गरेर यसबारे निर्णय लिनेछौँ।’

बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश जबराले सञ्चारमाध्यममा दिएको अन्तर्वार्तालगायतका विषयका आधारमा अन्तर्क्रिया गरी महाभियोगका आधारबारे सामूहिक छलफल र वरिष्ठ कानुनविदहरूसँग राय लिने काम भइरहेको जानकारी दिइन्।

ad
ad