मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका वासिङ्टन
२o७८ माघ १६ आइतबार १७:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनको चिन्ता छाडेर बाइडेनले अमेरिकी सीमा रक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति ट्रम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार १७:o२:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छाडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्। 'वासिंटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौँ,' ट्रम्पले टेक्सासमा आयोजित र्‍यालीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नुपर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त  रहेको टिप्पणी गरेका छन्। 'उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ,' ट्रम्पले भने, 'जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनुअघि उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनुपर्छ।'

बाइडेनले तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको ट्रम्पले चेतावनी दिएका छन्। शुक्रबार अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न सेना जम्मा गरेको दाबी गर्दै संकटको कूटनीतिक समाधानका लागि प्रयास गर्न आग्रह गरेका थिए। रासस/एएनआई