१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सार्वजनिक सवारीमा हट्यो जोर–बिजोर प्रणाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:२१:oo

सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

जोर–बिजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै चौतर्फी विरोध भएको थियो। नागरिकको सहजताका लागि जोर–बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।

‘निजी सवारीसाधन र ट्याक्सीमा बाहेक सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली हटाइएको छ,’ उनले भने, ‘योबाहेक कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको अन्य आदेश यथावत छ।’

ad
ad