मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Saturday, 12 July, 2025
सहायक सिडिओ उपेन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाइँदै : बायाँ, आक्रमणबाट घाइते भएका डा. साह : दायाँ
२o७८ माघ १४ शुक्रबार १३:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. साहमाथि आक्रमण गर्ने जनमतका कार्यकर्तालाई कारबाही गर्न ट्रेड युनियनहरूको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १३:३o:oo

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ। बिहीबार सो पार्टीका कार्यकर्ताले जनकपुरस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा. सतिशकुमार साहमाथि आक्रमण गरी घाइते बनाएका थिए।

ट्रेड युनियनहरूले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटना गराउनेउपर कडा कारबाहीको माग गरेका छन्। एक कार्यक्रममा सहभागी हुन बर्दिवास जाँदै गरेका डा. साहमाथि घाइते हुने गरी सांघातिक हमला भएको थियो। साहको मुखमा आठवटा टाँका लगाइएको छ भने चालकको खुट्टामा चोट लागेको छ। उनले प्रयोग गरेको सवारीमा समेत क्षति पुगेको छ।

आधिकारिक ट्रेड युनियन महोत्तरी, नेपाल निजामती कर्मचारी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल निजामती कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले दोषीलाई कारबाहीको माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। ज्ञापनपत्रमा हमला गर्नेहरूलाई कडा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन तथा भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक कदम चाल्नसमेत माग गरिएको  गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनमत पार्टीका कार्यकर्ताहरू पक्राउ परेको र उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको बताएका छन्। उनले कर्मचारीहरूको पूर्ण सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै ज्ञापनपत्रबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताए।

आधिकारिक ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादवले हिंसात्मक हुँदै गएका जनमतका कार्यकर्ताले बारम्बार कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर प्रहार गरिरहेको बताए। उनले विनाकारण स्वास्थ्यकर्मीमाथि हमला गर्नु कुनै राजनीतिक दलको कार्य नभएको भन्दै यस्तो घृणित कार्य गरेर जनमत पार्टीले हिंस्रक र अराजक भएको प्रमाणित गरेको टिप्पणी गरेका छन्।

उनले दोषीलाई कारबाही गर्न ढिलासुस्ती गरे महोत्तरीका सम्पूर्ण निजामती कर्मचारीले चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। उनले निर्दोष चिकित्सकलाई कुटपिट गर्ने समूह राजनीतिक दलभन्दा पनि आपराधिक संगठन भएको बताए।

घाइते भएका डा. साहले शुक्रबार बिहान जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंह जलेश्वर अस्पतालका अध्यक्षसहित आफूलाई भेट्न आएर पार्टीका तर्फबाट माफी मागेको जानकारी दिए। जनकपुरमा उपद्रव मच्चाएको भन्दै प्रहरीले जनमत पार्टीका सात कार्यकर्तालाई पक्राउ गरेपछि सो पार्टीले प्रदर्शन गर्दै उनीहरूलाई रिहाइ गर्न माग गरिरहेको छ। यता, उनीहरू छाडिए निजामती कर्मचारीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।