१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी मुद्रा बचतकर्ताका  लागि नेपाल बैंकको नयाँ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:३७:oo

नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीलाई लक्षित गरी विभिन्न सुविधासहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले विदेशमा बस्ने गैरआवासीय नेपालीले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्ने योजना ल्याएको हो । 

अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमशः ४ दशमलव ५ प्रतिशत र ५ प्रतिशत दिने बैंकले जनाएको छ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुवैमा न्यूनतम मौज्दात अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने जनाइएको छ ।

एनआरएन खाता गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीबाट प्रवद्र्घित विदेशस्थित संस्थाको नाममा र गैरआवासीय नेपालीका नाममा संयुक्त रूपमा पनि खोल्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने जनाइएको छ । साथै, बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेसमेत बंैकले जनाएको छ । मुद्दती खाता कम्तीमा एक वर्ष वा सोभन्दा बढी अवधिका लागि खोल्न सकिने बैंकले जनाएको छ । 
 

ad
ad