मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७८ माघ १४ शुक्रबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७८ माघ १४ शुक्रबार ०८:३१:००

मधेस सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा अवरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभए पनि जनमतका कार्यकर्ताले ‘सांघातिक आक्रमण’ गरेको भन्दै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहसहितका व्यक्तिहरूमाथि आक्रमण गरेको उनले बताए ।

यस्तै, सवारीसाधनमा गरिएको तोडफोड घटनाको वास्तविकता छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषीउपर कारबाही गर्न पनि मन्त्री साहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।