मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ १३ बिहीबार १०:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार १०:४८:००

भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै  आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ ।पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारी संक्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

केही कर्मचारी संक्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्न सक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । 

उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना संक्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ । जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।