मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १० सोमबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा हेर्दाहेर्दैमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १७:२९:oo

सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सोमबार पनि सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।

शिवहरि दाहाल,अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। 

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको मुद्दामा ७ माघमा दोस्रोपटक सुनुवाइ भएको थियो। ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि सोमबारका लागि पेसी तोकेको थियो।