मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ माघ ९ आइतबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई पूर्ण स्वीकृतिका लागि सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १३:१८:oo

भारतीय औषधि नियामकसम्बन्धी विषय विशेषज्ञ समितिले कोरोनाविरुद्धका कोभिसिल्ड र कोभ्याक्सिन खोपका लागि पूर्ण स्वीकृतिका लागि सिफारिस गरेको  छ। नियामक निकायले गत वर्ष खोपका लागि आपतकालीन अनुमति दिएको थियो। भारतमा खोप अभियानमा यी दुई खोपले प्रभुत्व जमाएका छन्। 

कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा एङ्लो स्विडिस औषधि निर्माता एस्ट्राजेनेकाद्वारा विकसित भएको हो। भारतको सिरम इन्स्टिच्युटले खोप भारतमा उत्पादन गरेको हो। यसैगरी कोभ्याक्सिन भारतको पहिलो घरेलु कोरोना भाइरस सट हो जो निजी स्वामित्वको भारत बायोटेकद्वारा विकसित भएको हो। 

नियामक निकायले अब आपतकालीन प्रयोग नभएर बयस्कहरूका लागि दुई डोज लगाउने गरी पूर्ण स्वीकृति दिन सिफारिस गरेको छ। कोभिसिल्ड र कोभ्याक्सिनले एक वर्षअघि भारतमा आपतकालीन खोप प्रयोगका लागि अनुमति पाएका थिए। उनीहरूले हालसम्म डेढ अर्ब डोजभन्दा बढी खोप उत्पादन गरिसकेका छन् भने छिमेकी मुलुकलगायत विश्वका करिब सय मुलुकमा निर्यात पनि गरिसकेका छन्। 

सेरम इन्स्टिच्युटले कोभिसिल्ड खोपको उत्पादन मासिक २४ करोड डोज उत्पादन गर्न थालेको छ। अब चाँडै ठूलो मात्रामा कोभिसिल्ड खोप निर्यात गर्ने सेरम इन्स्टिच्युटले सार्वजनिक घोषणा गरेको छ।