मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ८ शनिबार १७:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी लोकसेवा आयोगका लिखित परीक्षाहरू स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ८ शनिबार १७:४०:००

गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।

संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। लिखित परीक्षाबाहेकका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने आयोगले जनाएको छ।