मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ५ बुधबार २o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले २० लाख सिरिन्ज दिने, नाकामा कार्गो बढाउन सकारात्मक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार २o:२८:oo

चीन सरकारले कोरोनाविरुद्धको खोप लगाउन नेपाललाई २० लाख सिरिन्ज (सुई) उपलब्ध गराउने भएको छ। नेपाल सरकारले पर्याप्त खोप रहेको तर सिरिन्ज अभाव भएको उल्लेख गर्दै चीन सरकारलाई सहयोगका लागि आग्रह गरेको थियो। नेपालको माग अनुसार चीनले सिरिन्ज उपलब्ध गराउन लागेको हो। 

‘केही दिनमा चिनियाँ राजदूतावासका तर्फबाट २० लाख थान सिरिन्ज हस्तान्तरण गर्ने कार्यक्रम छ। स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण हुनेछ’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो। चिनियाँ राजदूत होउ यान्छीको समन्वयमा चीन सरकारले नेपाललाई सिरिन्ज उपलब्ध गराउन लागेको हो। सिरिन्ज चीनबाट आउने क्रममा रहेको चिनियाँ दूतावासका अधिकारीहरुले जानकारी दिएका छन्। 

कार्गो बढाउन सकारात्मक
चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष यान जिनहाईले केरुङ नाकाबाट नेपालमा कार्गो ढुवानी बढाउने आश्वासन दिँदै कोभिड १९ नियन्त्रणका प्रबन्ध पालना गर्दै नेपालबाट सामान तिब्बत जान सहजीकरण गर्ने आश्वासन दिएका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालसँग मंगलबार बेलुका भएको शिष्टाचार भेटमा तिब्बतका अध्यक्ष यानले नेपालको चासो सम्बोधन गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका छन्। 
ढकालले सडक, रेल, विद्युतीय प्रशारण लाइनमार्फत् चीनसँग कनेक्टिभिटी बढाउने नेपाल सरकारको प्राथमिकताका बारेमा प्रस्तुत गरेका थिए। यस विषयमा दुवै देशका केन्द्र सरकारहरुले गरेका प्रयासबारे छलफल भएको ढकालले जानकारी दिए। 

‘समसामयिक र द्धिपक्षीयहितका विषयमा छलफल भयो। तिब्बतका अध्यक्षले नेपालका तर्फबाट राखिएका विषयहरुमा कोभिड १९ नियन्त्रण गर्ने प्रबन्धहरुको पालना गर्दै तिब्बत सरकारले नेपालको चासो सम्बोधन गर्ने कुरा बताउनुभएको छ’ ढकालले ल्हासाबाट नयाँ पत्रिकासँग भने।