मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ५ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मास्क नलगाए एक सय तिर्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १७:४३:oo

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ। बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आमनागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो। त्यस्तै, प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आमसर्वसाधारणहरूलाई पनि सरकारले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए। उनले  मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आमसर्वसाधारणहरूलाई १०० रुपैयाँको कारबाही गरिएको बताए।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे।