Skip This
रघुगंगा गाउँपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Tuesday, 16 September, 2025
कमल खत्री म्याग्दी
२o७८ माघ ५ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रघुगंगा गाउँपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १७:o४:oo

 म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मका लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

त्यसैगरी, गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूमा भौतिक रूपमा गरिने पठनपाठनलाई १० दिन बन्द गरेको छ। कोरोनाको संक्रमणदर फैलँदै गएकाले माघ ५ गतेदेखि १५ गतेसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको हो । यसअघि ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको थियो ।  रघुगंगामा बुधबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ जना छ  ।

गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै घरबाहिर निस्कँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्न आह्वान गरेको छ। समुदायस्तरमा तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरिने र घरबाहिरबाट घर जाँदा साबुनपानीले हात हुने र धुन लगाउनेलगायतका अभियान चलाइने गाउँपालिकाले जनाएको छ ।