मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Sunday, 13 July, 2025
तिवारी यादव वीरगन्ज
२o७८ माघ ५ बुधबार १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गर्ने युवक रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १६:१o:oo

मंगलबारको विरोध प्रदर्शनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको सिसा फुटाएको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् । प्रदेश राजधानी जनकपुर तोकिएपछि निस्केको विरोध प्रदर्शनमा मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहारबाट सिसा फुटाएको आरोपमा पक्राउ परेका वीरगन्ज– १, छपकैयाका २६ वर्षीय सुमन पटेल रिहा भएका हुन् । 

पटेललाई प्रदेश राजधानी जनकपुर तोकिएपछि आन्दोलन गर्दै आएको समूहले फूलमाला लगाएर स्वागत गरेको छ । प्रहरीले उनलाई सिसा फुटाएको केही घन्टामै नियन्त्रणमा लिएर आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । 

मंगलबार नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा निस्केको कालो झन्डासहितको जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर हुँदै नगर परिक्रमा गरेर वीरगन्ज– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेको थियो । प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी गरेका थिए ।  

मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको उनीहरूको आरोप छ ।