मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ ३ सोमबार ११:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयनको २६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
२०७८ माघ ३ सोमबार ११:०५:००

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै हिमालयन बैँक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको जनाइएको छ । मर्जरको प्रस्ताव ७५ प्रतिशत सेयरधनीले पारित गर्नुपर्नेमा त्यति मत नपुगेकाले प्रस्ताव पारित नभएको बैंकले जनाएको छ । प्रस्तावको पक्षमा ४३.६३ प्रतिशत र विपक्षमा ४२.२९ प्रतिशत मत परेको तथा मत नहाल्ने १४.०९ प्रतिशत रहेकाले मर्जर प्रस्ताव पारित नभएको जनाइएको छ । 

बैंकको नियमावली तथा प्रचलित नेपाल कानुनअनुसार बोलाइएको बैंकको वार्षिक साधारणसभा कोभिड–१९ को बढिरहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकले जारी गरेको स्वस्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो ।