मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Friday, 28 August, 2026
२o७८ पौष २९ बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हरिवंश आचार्यले ल्याए नयाँ गीत ‘कर्कलो कोक्याउला’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २९ बिहीबार १८:५३:oo

वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशकी पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरे। आज सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढंगबाट देखाउन खोजिएको छ। 

गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलोपटक यो विषय उठाएको बताए। 

आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुग्नुभएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नुअगाडि नै बचाउने सन्देश दिएको बताए। गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने श्रेष्ठले बताए। 

यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ। गीतमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणको लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउँदा गौरव महसुस गरेको बताइन्। वरिष्ठ कलाकार आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ।