१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिएकोप्रति एमालेको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:११:oo

नेकपा एमालेले नेपाल -भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमतिविपरीत भारतीय पक्षबाट  नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिएकोप्रति ध्यानाकर्षण गराएको छ ।

 मंगलबार विज्ञप्ति जारी गर्दै एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल बन्द गर्न भारतसँग आग्रहसमेत गरेको छ । 

वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइन नहुनेमा एमालेले जोड दिएको छ । भारतले गरेको यस्ता गतिविधिप्रति वर्तमान सरकार मौन रहनुले अनेकौँ प्रश्न जन्माएको पनि विज्ञप्तिमा जनाइएको छ । 

 

 

 

ad
ad