मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २६ सोमबार ०८:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै 

Read Time : < 1 मिनेट
२०७८ पौष २६ सोमबार ०८:५०:००

भारतीय गायक एवं इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडाैं आउने भएका छन् । ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा आफ्नो प्रस्तुति दिन पवनदीप काठमाडौं आउन लागेका हुन् । उनले दुई स्थानमा प्रस्तुति दिनेछन् । 

डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अवार्ड तथा फन्ड रेजिङ कार्यक्रममा पवनदीपले हायात रेजेन्सीमा प्रस्तुति दिनेछन् ।

साथै, यही १ माघमा रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)मा सुन्न सकिनेछ । पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्रांष्ट्रिय ब्रान्ड/कम्पनीले प्रायोजन गरेका छन् ।