मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Wednesday, 09 July, 2025
२o७८ पौष २५ आइतबार १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमबिबिएसका विद्यार्थीको आन्दोलनमा नोबेल प्रशासनको हस्तक्षेप, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १३:२६:oo

कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूको आइतबारको प्रदर्शनमा सुरक्षागार्डले हस्तक्षेप गर्दा  विराटनगर कञ्चनबारीस्थित  नोबेल मेडिकल अस्पताल तोडफोड भएको छ। एमबिबिएस प्रथम सेमेस्टरका विद्यार्थीहरूसँग असुल्न खोजेको अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनको प्रदर्शनमा अस्पतालका सुरक्षागार्डले बल प्रयोग गर्दै हस्तक्षेप गरेपछि विद्यार्थीले अस्पतालमा ढुंगा प्रहार गरेका हुन्।

सुरक्षागार्डको कुटाइबाट प्रदर्शनमा सहभागी एकीकृत समाजवादी विद्यार्थी सगठनका केन्द्रीय सचिव किसन भगत र क्रान्तिकारी विद्यार्थी सगठनमा आबद्ध विद्यार्थी जीवरतन साह घाइते भएका छन्। सुरक्षागार्डको लाठी प्रहारबाट उनीहरूको टाउको र हातमा चोट लागेको छ।

आन्दोलनमा सुरक्षागार्डले हस्तक्षेप गरेपछि आक्रोशित विद्यार्थीले प्रहार गरेको ढुंगाबाट नोबेल अस्पतालको बाहिरतर्फको झ्यालका सिसाहरू फुटेका छन्। हाल नोबेलमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन्। अवस्था भड्किन नदिन अस्पताल परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।  

चिकित्सा शिक्षा आयोग र सरकारले निर्देशन गरिसक्दा पनि विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइरहेको भन्दै आन्दोलनरत विद्यार्थीले पाँच विद्यार्थी संगठनको सहयोगमा  २१ पुसमा नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएर निरन्तर प्रदर्शन गर्दै आएका छन्।  

अतिरिक्त शुल्कको विरोधमा अखिल क्रान्तिकारी, एकीकृत समाजवादी, अनेरास्ववियु जनता समाजवादी र नेविसंघलगायतका  विद्यार्थी सगठनले नोबेलविरुद्धको आन्दोलनमा विद्यार्थीलाई साथ दिँदै आएका छन्।   

कानुनविपरीत कलेजले तोकेको शुल्क नदिएको भन्दै  कक्षामा बसेर पढ्न वञ्चित भएका एमबिबिएस प्रथम वर्षका विद्यार्थीले  नोबेल मेडिकल कलेज र सञ्चालक सुनील शर्माविरुद्ध एक हप्तादेखि आन्दोलन गर्दै आएका थिए। अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेलले एमबिबिएस प्रथम वर्षका  ८० जना विद्यार्थीलाई तीन हप्तादेखि कक्षा प्रवेश गर्नबाट वञ्चित गरिरहेको छ।