१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार १४:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार १४:३५:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरूले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी छिन्। नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीहरूले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी हुन्।

मन्त्री श्रेष्ठले सहकारीहरूले ब्याजदर बढ्दा बढाउने, तर घट्दा नघटाउने गरेको उल्लेख गरिन्। उनले अहिलेको अवस्थामा ब्याजदर बढाउने नभई सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नुपर्ने औँल्याइन्।

‘सहकारीहरूले पछिल्लो समय सहकारी ऐनविपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनुपर्छ। तर, नेपालमा कुनै पनि वस्तु तथा सेवामा अन्तर्राष्ट्रिय रूपमा मूल्य बढ्दा बढाउने गरेका छन्। तर, घट्दा नघटाउने प्रचलन छ। यसरी सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्नेभन्दा पनि नेपालमा बढ्दा बढाउने, तर घट्दा नघट्ने प्रचलन हो। अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भनिन्।